मोरङ सुनसरी सेवा समाज साउदी अरबले साउदी अर को राजधानी रियादमा प्रथम साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न गरेको छ। साउदी अरबका लागि नेपाली राजदुतावासका महामहिम राजदुत प्रो. डा. महेन्द्र प्रसाद सिंह राजपुत ज्युको प्रमुख आतिथ्य र मोरङ सुनसरी सेवा समाज साउदीका अध्यक्ष हेम सुवेदीको सभापतित्व तथा महासचिव सुजनशेर राईको संचालनमा कार्यक्रम बृहत रुपमा सम्पन्न भएको छ। साधारण सभाबाट हेम सुवेदीको अध्यक्षतामा १७ सदस्यीय समिती निर्वाचित भएको छ । उपाध्यक्ष देश बहादुर खडका, मनोज धिमाल, पुरुषोत्तम दाहाल, सचिव सुजनशेर राई, सह सचीव कर्ण ब .बस्नेत, दीपक थापा, कोषाध्यक्ष राज चेम्जोङ लिम्बू, सहकोषाध्यक्ष सुरेन्द्र मोक्तान रहनु भएको छ। 
कार्यक्रममा उपस्थित विशिष्ठ अतिथिहगणहरु क्रमश: एन आर एन ए मध्यपुर्व उप संयोजक जोन अर्याल,एनआरएनए मानार्थ सदस्य रमेश भन्डारी, एनआरएनए आइसिसि सद्स्य नारायण पासवान, जनसम्पर्क समितिका सभापति दीपक रेग्मी, अन्तर संस्था समन्वय समिती रियाद का अध्यक्ष अमृत पौडेल ,काभ्रे सेवा समाजका महासचिव सुरेश राज त्रिपाठी ,कास्की समाजमा अध्यक्ष अमर सापकोटा लगायत अन्य साउदी रियाद मा रहेका विभिन्न संघ संस्था का प्रतिनिधि स्थानीय चर्चित कलाकारहरु, संचारकर्मिहरु, साहित्यकारहरु र मोरङ सुनसरी बाट साउदीमा रोजगारीको सिलसिलामा आएका नेपालीहरुको उल्लेखनीय उपस्थित थियो ।
प्रमुख अतिथी महामहिम राजदुत ज्यु, जनसम्पर्क समितिका सभापति दीपक रेग्मी,मोरङ सुनसरी समाजका केन्द्रिय सल्लाहकार कुमार कार्कि, अनेसास च्याप्टर साउदी का अध्यक्ष नमराज लामिछाने ,पारिवारिक समाज का महासचिव अरुण बेल्बासे, एनआरएनए एनसिसि साउदी रोशन श्रेष्ठ ,स्याङ्जा सेवा समाज अध्यक्ष पारस काफ्ले लगायत सम्पुर्ण अतिथिगण रु लगायत बिशिस्ट अतिथीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो। मोसु सेवा समाज साउदिको प्रथम साधारण सभा का साथै नेपाल सरकार को निर्णय अनुसार संसार भर प्रचार र पर्वर्धन गरिएको भिजिट नेपाल 2020 लाई पनि प्रचार गरिएको थियो।