२७ अप्रिल २०२०, रियाद । मोरंग सुनसरी सेवा समाज साउदी अरेविया शाखा (मोसु)ले गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरवद्धारा कोभिड १९ का कारण विभिन्न समस्यामा परेका पिडित नेपालीहरुको सहयोगार्थ संचालित कोषका लागि साउदी रियाल १ हजार (३२ हजार नेपाली रुपैया वरावर) सहयोग प्रदान गरेको जानकारी दिएको छ ।

मोरंग सुनसरी सेवा समाज साउदी अरेविया शाखा (मोसु)को २७ अप्रिलका दिन वसेको आकस्मिक भर्चुअल वैठकले एनसिसि साउदी मार्फत पिडितहरुलाई सहयोग गर्न एनसिसिको राहत कोषमा सहयोग गर्ने निर्णय गरेको जानकारी सचिव सुजनसेर राईले जानकारी दिएका छन् ।

वैठक पछि लगत्तै एनसिसिलाई एक पत्रलेखि विगत देखि नै विभिन्न समस्या समाधानमा एनआरएनएसँग मोसुले गर्दै आएको सहकार्यलाई स्मरण गर्दै यो विपतको घडिमा सहयोग गर्न मोसु शाखा अघि सरेको र एनसिसि साउदीसँग विभिन्न मानविय कार्यमा हातेमालो गर्ने जानकारी एनसिसिलाई दिएको कुरा मोसु अध्यक्ष हेम सुवेदीले जानकारी दिएका छन् ।

कोभिड १९ का कारण काम छोडेर वस्न वाध्य, कामवाट निकालिएका र घर जान नपाएर अलपत्र परेकाहरुको सहयोगका लागि एनआरएनए एनसिसिले एक वेग्लै कोष वनाएर राहत स्वरुप खाद्य सामाग्री वितरण साथै वासस्थानको व्यवस्था गर्दै आएको छ ।

मोसुले गत २७ चैत्र २०७६ मा प्रदेश नं १ को सरकारद्धारा स्थापित “प्रदेश नं १ कोरोना जनसुरक्षा कोष”मा १ लाख रुपैया सहयोग गरेको थियो । विभिन्न समयमा नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, नेपाली राजदुतावास र गैरआवासिय नेपाली संघसँग सहकार्य गर्दै आईरहेको छ ।