साउदी अरेवियामा कार्यरत मोरंग सुनसरी जिल्लावासीहरुको साझा संस्था मोरंग सुनसरी सेवा समाजको प्रथम साधारण सभा आगामी २१ फरवरी २०२० का दिन साउदी अरेवियाको रियाद स्थित होटल एपोलो डिमोरा (रमाद) मा हुने भएको  

 

संस्थाका संयोजक हेम सुवेदीले जनाए अनुसार विहान ११ वजेदेखि आोजना हुने कार्यक्रमको प्रमुख अतिथी साउदी अरेवियाका लागि नेपाली राजदुत डा. प्रा. महेन्द्रसिंह राजपुत रहने जनाईएको साउदी अरेवियामा कार्यरत मोरंगसुनसरीवासीहरुको उत्साहजनक सहभागिता रहने विश्वास लिएको जानकारी सचिव सुजनसेर राईले दिएका छन्   

 

 

मोरंग जिल्ला प्रशासन कार्यलयमा दर्ता भई वैदेशिक रोजगार, व्यवसाय अध्ययनका लागि नेपाल वाहिर वसोवास गर्ने मोरंग सुनसरी जिल्लावासीहरुको साझा संस्था सन् २००१, मार्च मा कतारमा स्थापना भएको .स्थाको सातौं शाखाको रुपमा मोसु शाखा गत जनवरी , २०२० का दिन स्थापना भएको हो  

 

मोसुले सामाजिक क्ष्ँेत्रमा कार्य गर्दै विदेशमा सिकेको सिप, पुजी प्रविधिलाई नेपालमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ। मोरंग सुनसरीका विभिन्न क्षेत्रमा सामाजिक अभियान संचालन गर्दै आईरहेको यो संस्थाले उद्यमशिलता विकास व्यक्तित्व विकासलाई जोड दिदैं आएको विदेशमा रहेका नेपालीहरुले सिकेको सिप कमाएको पुँजीलाई एकिकृत गरि विभिन्न व्यवसायिक संस्थाहरु स्थापना गरि सदस्यहरुको जीवनस्तर उकास्ने कार्यलाई तदारुकताका साथ अगाडी वढाउदै आएके  

 

संस्थाका सदस्यहरुको अग्रसरतामा टे« भिजन ईन्भेटमेण्ट प्राली, टिम अफ ट्रष्ट वहुउद्देश्यिय कृषि फार्म, सुविधा वचत तथा ऋण सहकारी, रोजगार वचत तथा ऋण सहकारी, आत्मनिर्भर कृषि सहकारी लगायतका व्यवसायिक प्राईभेट पव्लिक संस्थाहरु संचालन गरिरहेका छन्  

 

यसका अलावा मोरंग सुनसरी सेवा समाजले एम्वुलेन्स संचालन, आखा उपचार शिविर, शैक्षिक कोष संचालन गरि सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गर्दै आईरहेको छ। 

 

 

हाल यस संस्थाको केन्द्रिय कार्यलय ईटहरी सुनसरीवाट संचालन भने स्थानिय निकायसँगको सहकार्यमा आफ्नै भवन निर्माणको प्रकृयालाई अघि वढाएर कार्य थालनी गरेको छ। 

 

साधारण सभा पछि गठन हुने नया कार्य समितिले आगामी दुई वर्ष भित्रमा नेपालमा नै विभिन्न व्यवसायमुलक कार्यहरु गर्नेगरि कार्याराम्भ गर्न लागेको जानकारी संयोजक हेम सुवेदीले दिएका छन् यसमा सहभागि हुन साउदी अरेवियामा कार्यरत सम्पुर्ण मोरंग सुनसरीवासीहरुलाई सुवेदीले अनुरोध गरेका छन्